कहिलेबाट आउछ देशभरकै मौसममा सुधार ? मौसमविद् यसो भन्छन्



काठमाण्डौँ । पश्चिमी वायु कमजोर हुँदै गएकाले आज आईतबारबाट ठूलो पानी पर्ने र हिमपात हुने क्रम रोकिँदै जाने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । पहाडी क्षेत्रमा शनिबार दिउँसो हल्का पानी परे पनि अब ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् वरुण पौडेलले बताए । आइतबारबाट देशभरकै मौसममा क्रमशः सुधार आउने पौडेलले जानकारी दिएका छन् । मध्य र पूर्वका उच्च हिमाली क्षेत्रमा भने अहिले पनि हल्का हिमपात भैरहेको र अरु क्षेत्रमा हिमपात रोकिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्