मार्क्सवादी दर्शन : कसरी जन्मियो मार्क्सवादी दर्शन ?



मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन हो। मार्क्सवादी दर्शन सर्वहारा वर्गको विश्व दृष्टिकोण हो। यसलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद भनिन्छ। यस दर्शनको जन्म दर्शनशास्त्रको इतिहासको लामो विकास प्रक्रियाका बीचबाट भएको हो, जुन परिस्थितिमा यो जन्मियो त्यसका आवश्यक पूर्वाधारहरू निम्न रहेका छन् ।

सामाजिक–आर्थिक पूर्वाधार

युरोपका इङ्ल्यान्ड, फ्रान्स लगायतका देशहरूमा उन्नाइसौँ शताब्दीको चौंथो दशकमा आउँदै गर्दा सामन्तवादका विरुद्ध पुँजीवादी क्रान्ति सम्पन्न हुँदै जानु, उत्पादक शक्तिको तीव्र विकास हुँदै जानु, यसै प्रक्रिया अन्तर्गत औद्योगिक क्रान्ति हुनु, समाजमा पुँजीपति र सर्वहारावर्गका बीचमा वर्गसंघर्ष चर्कंदै जान थाल्नु, पुँजीपति वर्गका विरुद्धमा संघर्षमा सर्वहारा वर्ग इतिहासको सबैभन्दा प्रगतिशील वर्गको रुपमा विकसित हुँदै जानु, मजदुर वर्गले आफ्नो हक र हितका लागि आन्दोलनको प्रक्रिया अगाडि बढ्दै लैजानु आदि हुन्।

इङ्ल्यान्डका लुलाइड (मेसिन तोड) र चार्टिस्ट आन्दोलन ९१८३८–१८४२० चर्केर जान्छ। ठीक यो थप परिस्थितिमा मजदुरवर्गको मुक्ति, उद्देश्य र आन्दोलनका लागि सुसङ्गत क्रान्तिकारी विचारधाराको निर्माण एक ऐतिहासिक आवश्यकता बन्न गयो। त्यसको परिपूर्तिका लागि मार्क्स–एंगेल्सले मार्क्सवादको प्रादुर्भाव गरे।

प्रकृति विज्ञानका पूवाधार

दासयुग युगीन समाजको पतनसँगै विशेषतः युरोपको पुनर्जागरण कालयता प्रकृति विज्ञानका क्षेत्रमा प्रशस्त विकास हुँदै आयो। ज्योतिषशास्त्र, गणित, भौतिक विज्ञान, यन्त्रशास्त्र, रसायनशास्त्र, जीवन विज्ञान लगायत प्रकृति विज्ञानका विविध क्षेत्रमा नयाँ खोज हुँदै गए।

यी सबै नयाँ खोजको परिणाम प्रकृति विज्ञानमा विद्यमान यान्त्रिक तथा अधिभूतवादी चिन्तनका विरुद्ध द्वन्द्ववादको स्थापना, प्रकृति तथा प्रकृति विज्ञान द्वन्द्ववादी रहेको पुष्टि भयो। यो स्थितिमा तथाकथिक प्रकृति दर्शनको अन्त्य भई प्रकृति विज्ञानका विविध शाखाहरूलाई स्वतन्त्र विज्ञान बन्नका लागि राम्रो आधार तयार भयो। विशेषतः ऊर्जा संरक्षण र रुपान्तरणको सिद्धान्त, जीवकोषको खोजी र डार्विनको विकासवादी सिद्धान्त आदि मार्क्सवादको जन्मका आधार तयार बन्न पुग्यो।

जर्मन दर्शनशास्त्र, अङ्ग्रेज राजनीतिक अर्थशास्त्र र फ्रान्सेली समाजवाद मार्क्सवादका पूर्वाधारका तीन आवश्यक तत्व बन्न पुगेका छन्। कार्ल मार्क्स र एंगेल्सले १९ औं शताब्दीमा विकसित भएका विचारधारा, औद्योगिक क्रान्ति एवं फ्रान्सेली क्रान्ति लगायतका आधारको गहन विश्लेषण गरे। त्यो नै मार्क्सवादी दर्शनको स्रोत पनि हो।

दार्शनिक फाँटमा क्रान्ति

मार्क्स–एंगेल्सद्वारा मार्क्सवादी दर्शनको प्रतिपादनले दार्शनिक फाँटमा ठूलो क्रान्ति ल्यायो। मार्क्सवादी दर्शन एक वैज्ञानिक दर्शन भएकाले त्योभन्दा पूर्वका सबै विचार र दर्शनहरू स्वतः पछाडि पर्न गए। यसले दर्शनको क्षेत्रमा नयाँ तरङ्ग ल्याउनुका साथै राजनीतिक एवं सामाजिक क्रान्तिमा गुणात्मकता प्रदान गर्‍यो।

द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद सर्वहारावर्गको चिन्तन तथा विश्वदृष्टिकोण हो। यो दर्शन फायरबाख र हेगेलसहित विगतका सबै दर्शनभन्दा गुणात्मक रुपमा भिन्न छ। द्वन्द्वात्मक भौतिकवादको सिद्धान्त, द्वन्द्वात्मक भौतिकवादको पद्धति, द्वन्द्वात्मक भौतिकवादको ज्ञान सिद्धान्त र ऐतिहासिक भौतिकवादको सिद्धान्तलाई द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादका मूल विषय हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्