अन्तर्राष्ट्रिय मे दिवसको सन्दर्भमा मार्क्सले मजदुर बर्गलाई दिएको मुक्तिको कालजयी मार्गदर्शन



पूँजीवादमा मजदुर बर्गको स्वतन्त्रताको रहस्य यसकारणले भनिएको हो कि मजदूरले जसलाई चाह्यो उसलाई आफ्नो श्रम शक्ति बेच्नकालागि उ ‘स्वतन्त्र’ छ । उ हिजोको बँधुवा मजदूर या भूदास जस्तो आज छैन र रहँदैन जस्तो कि तिनले कुनै एउटा जमिन्दार बिशेष या मालिकबिशेषको चाकडी गरेर सारा जीवन गुजार्न बाध्य हुनु पर्दथ्यो । आजकाऔद्योगिक मजदूर त्यस्ता छैनन् र हुदैनन् । अनि यसकारणले पनि कि पूँजीपति ती मजदुरहरुको श्रम शक्ति किन्नका लागि ‘स्वतन्त्र’ छ, हुन्छ ।समानताको रहस्य यहाँ (पूँजीवादी समाजमा) यसकारणले हो कि हरेक किसिमको आफ्नो मालको मालिक हुन्छ र जसको अर्थात् श्रम र मजदुरीको किनबेच ‘समान’ किसिमले हुन्छ । अनि सम्पत्तिको रहस्य यस कारणले कि हरेकले यहाँ त्यही चिज बेच्ने गर्दछ जुन चीज उसको आफ्नो चीज हुन्छ । जस्तो कि मजदुरसँग श्रमशक्ति हुन्छ उता पूँजीपतिसँग पूँजीहुन्छ । श्रम शक्तिको एक अंशलाई पूँजीको एक अंशले(अर्थात मजदुरीदिएर) किन्न सकिन्छ ।अनि यहा प्रत्येक मानिस स्वार्थबाटसञ्चालित हुन्छ । यहाँ माक्र्सले १९आंै शताब्दका दार्शनिक बेन्थमको नाम लिन्छन्– तिनले के भन्दथे भने – हरेक मान्छे स्वार्थी हुन्छ र त्यही स्वार्थको हिसाबबाटै काम गर्दछ अनि यदि सबै मानिसहरुले यसरीनै कामगरे भने त समुच्चै समाजको कल्याण पूर्ण हुनजान्छ ।

यदि श्रम र मजदुरीका बीचमा भएको यो लेन–देन एकदमै बराबरीहुन्थ्यो भने त यसमा मुनाफा कहाँबाट आँउथ्यो ? यसको भित्री कुरा बुझ्न र सुल्झाउनका लागि हामीले त्यो पर्दा भित्र नियालेर राम्रोसँग हेर्नु पर्दछ – पर्दा भित्र लेखेको हुन्छ कि ‘‘बिनाकाम भित्र आउन मनाही छ’’ ।‘‘ती जो पहिलाका मालिक थिए अब पूजीपतिका रुपमा अड्किदै अड्किदै अघि अघि हिडिरहेका छन्; श्रम शक्तिको मालिक त्यही पूँजीपतिको मजदूरका रुपमा उसैका पछि पछिगइरहेको छ । एकजना आफ्नो शानदेखाउदै, दाँत फिस्स देखाएर यसरी हिँडिरहेको देखिन्छ कि जस्तो उ कुनै ब्यापार गर्नमा निर्लिप्त भएर लागेकोछ; अर्को दबेदबे जस्तोगरी हिच्किचाउँदै हिच्किचाउँदै गइरहेको छ, जस्तो कि उ आफ्नै छाला बेच्न बजारमा आएको हो र उसलाई यो काम सीबाय अरु कुनै आशा र अपेक्षा पनि छैन कि अब उसकोे छाला काढिने छ ।’’(पूँजी,खण्ड १, भाग २ अध्याय ६) श्रम छैन भने त मुनाफा पनि छैन जस्तो कि हामीले माथिको पूँजीपति र मजदरूको कार्टुन जस्तो कुरा पढ्यौ,जान्यौं, देख्यौ कि मजदूर बिना पँजीपतिलाई नाफा हुनै सक्तैन । श्रम नभैकन पूँजीको निर्माण पनि हुन सक्तैन । श्रमबाट नै अतिरिक्त मूल्य पैदा हुन्छ । यसको प्रष्ट अर्थ यो भयो कि मजदूलाई जति मजदुरी दिइन्छ त्यो भन्दा बढी उसले सँधै पैदा गर्दछ । जुन अतिरिक्त उत्पादन या चीज पैदागरेको हो त्यसको मजदुरी दिइदैन त्यसै मेहनतको उत्पादनलाई हडप्नु पूँजीपतिको शोाषणका सार हो । मजदूरलाई जति बढी मजदुरी दिए पनि उसको यो शोषण त हुन्छ नै ।

यसलाई अझ राम्रोसँग बुझौं । श्रम शक्तिको मूल्य भनेको के हो ? यसलाई त्यो रकम राशी सम्झिनु पर्दछ जुन मजदुरलाई उसको जीवनको भरण पोषणका गरेर परिवार कायम राख्न आवशयक हुन्छ । अनि अर्काे दिन पनि उ काममा फकर्रे आउन र मजदूर (पुरुष महिला) लाई आराम,खाना, आवास,इन्धन(कोइला, ग्यास,दाउरा ) आदिको पनि आबश्यकता पर्दछ ।अनि कुनै मजदूरको मृत्यु भइहाल्यो भने पनि त्यसको स्थान लिने मजदूरको अर्काे पिढी तयार गर्नु र हुर्काउनु पनि पर्दछ । यस कारण श्रम शक्तिको मूल्य त्यही रकम राशी हुन्छ जसले यी माथि भनिएका(बस्ने स्थान, खानेकुरा, इन्धन र बाल बच्चा हुर्काउने कुरा) आवश्यकता पूरा गर्ने गर्दछन् । समाजको विकास र वर्ग संघर्षको स्तर अनुसार यी आवश्यक कुराहरु(खाना, घर, आदि) मा फरक पर्न सक्तछ । बिकसित देशहरुका मजदुरहरुको मजदुरी पछाडि परेका देशका मजदूरहरुको भन्दा धेरै हुन्छ ।अबिकसित देशमा त न्यूनतम आवश्यकता भन्दा पनि कम मजदुरी हुन सक्तछ । श्रम शक्तिको मूल्य भने सधै उत्तिकै रहन्छ जत्ति उसको परिवारको भरण पोषणका लागिचाहिन्छ । तर मजदुरले त्योभन्दा बढी उत्पादन गर्दछ । कुनै एउटा कार्य दिनको एउटा समय भित्र गरेको मजदुरको मेहनतबाटै उसले आफ्नो भरण पोषणको लगानी निकाली सक्छ अनि बाकी सबै समयको उसको मेहनतको मजदुरी उसले पाउँदैन । यसै अतिरिक्त मेहनतबाट हुने गरेकोउत्पादन सित्तैमा मालिकले पाउँदछ ।त्यही नै पूँजीपतिको मुनाफाको बास्तबिक अन्तर कथा हो । पूजीपतिले सधैनै यो सित्तैमा प्रतिफल पाइने कामलाई निरन्तर बढाउन चाहन्छ ।

त्यो काम कसरी कसरी हुन्छ त ?
मजदूरले उसको परिवारको भरणपोषणको लागि काम गर्दछ । पारिबारिक ब्यवस्थाका माध्यमबाट भरण पोषणको जिम्मेवारी महिलाले सित्तैमा गर्ने गदर्छन् –अर्थात् घरको काम, बाल बच्चा तथाबुढाबुढीको हेरचाह पूँजीको सेवामा सित्तैमा गर्ने गरिएका्े काम हो । कार्य दिनलाई जतिसक्दो लम्ब्याएर या त्यत्ति नै समय भित्र खाने बेलाको समय कम गरेर या घटाएर, त्यतिनै समयमा मजदूरबाट बढी काम गराएर आदि अतिरिक्त श्रमखाने उपायहरु छन् । यस प्रकार मजदूर पनि सित्तैमा काम गर्ने अबधिलाई कम गर्नका लागिसंघर्ष गर्दछ । त्यो संघर्ष बढी मजदूरीको माग गर्दै शिक्षा, भोजन, स्वास्थ्य, इन्धन,परिबहन, भ्रमणभत्ता÷दैनिक भत्ता,निबृत्तिभरण आदि ‘आवश्यक’ कुराहरुलाई पनि शामेल गरेर गर्दछ । अनि कारखाना मालिकले यी सबै कुरामा भुक्तानी दिदैन । त्यो भुक्तान सबै शासक वर्गअ र्थात सरकारद्वारा हुन सक्तछ ।यसकारण गरिबीको रेखा मुनि राख्ने कुराको विरुद्ध पनि संघर्ष हुन्छ, न्यूनतम मजदुरी बढाउन र प्राप्त गर्नका लागि पनि संघर्ष हुन्छ;,या कार्य दिवस÷साता,महिना आदिमा घटाउने माग पनि हुन्छ; रासन कार्ड, शिक्षा र स्वास्थ्यको अधिकार समेतका माग समेत हुन थाल्दछन् ।यी सबै सित्तैमा काम गराउने (अतिरिक्त मूल्य असुल्ने कामको घण्टा घटाउने संघर्ष कै हिस्सा हुन् । पूँजीपतिहरु र मजदुरद्वारा गरिने गरेका यी सारा गतिबिधिहरु हामीले बिभिन्न देशमा र केही मात्रामा हामै्र देशमा पनि दिनदिनै देख्ने गरेका छौ । आज मजदुरहरुले पूँजीपतिहरुको शोषणको कुरा धेरै नै बुझिसकेका छन् । त्यसैले जीउनयोग्य मजदुरी या ज्याला, कामको परिस्थितिमा सुधार र समुन्नत जीवनको लागि संघर्ष गर्न पनि उनीहरु अग्रसरहुन्छन् र हुने गरेका छन् ।

मार्क्सले हामीलाई बताएका छन् कि दैनिक जीवनमा चल्ने गरेका यस्तासंघर्षहरुको बास्तबिक कारण के हो र कसरी आधारभूत धरातललाई नै बदले मात्र एउटा नयाँ बैकल्पिक समुन्नत समाजको जग बसाल्न सकिन्छ । हामीले हाम्रो शरीरको सामान्य बाहिरी भागको बारेमा थाहा पाउँने गर्दछौ र जान्दछौ तर भित्री तहमा के छ बिभिन्न महत्वपूर्ण अंगप्रत्यंगले के कसरी काम गर्दछन् त्यो जान्दैनौ। त्यसैले जसरी शरीरको भित्री कुरा थाहा पाउन,रोगथाहा पाउन र सही उपचारका लागि असल र जानकार चिकित्सक चहिन्छ,त्यसरी नै कार्ल माक्सर्ले पूँजीवादी समाजको शल्यकृया गरेर, चिरफारगरेर त्यसको भित्री वस्तुगत तथ्य सत्यको खुलासा गरेर बिश्वका अगाडिराखेका छन् । त्यो कालजयी र बिश्वलाई दिशा निर्देश गर्ने तथा एउटा समुन्नत,सभ्य र सुसँस्कतृ समाज निर्माण गर्ने महत्वपूर्ण मागदर्शन बनेको छ । जनताका युगौदेखिका दुःख कष्टको अन्त्य गर्ने हो भने मार्क्सबादी द्वन्द्वात्मक भौतिकबादी मूल बाटोलाई नपक्री सम्भव छैन र त्यसो नगरी सुखै छैन । त्यसैले शोषणबाट मुक्त हुने कि त्यसैको चक्रब्यूहमा फँसिरहने यो बिश्वका मानिसहरु, श्रमजीवी वर्ग र तिनका लागि काम गर्ने मानिसहरुले गम्भीररुपमा चिन्तन मनन र सोच बिचार गरेर चयन गर्ने कुरा हो । वास्तवमा यो बर्गीय शोषण र सामाजिक उत्पीडनबाट सदा सदाका लागि मुक्त हुने कुरा हो । आज मजदुर बर्गले बुझ्नु पर्ने र पहिल्याउनु पर्ने मूलबाटो नै यही हो । यसै माक्र्सबादी दृष्टिगोचरका साथ बिश्वभरीका र बिशेषगरी नेपालका श्रमजीबी जनतालाई आफ्नो मुक्तिको शुभकामना !

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्