ईराकमा रहेका नेपाली सहित बिदेशी कमदारलाई स्वदेश फर्काईदै



इराकको राजधानी बग्दादस्थित अमेरिकी बेस क्याम्पमा रहेका नेपालीसहित विदेशी कामदारलाई आ–आफ्नो देश फर्काउन थालिएको छ ।

उक्त क्याम्प सुरक्षाका हिसाबले उच्च जोखिममा पर्छ । क्याम्पभित्र करिब दुई सय नेपाली कार्यरत छन् । इरान र अमेरिकाबीच तनाव चुलिएपछि बग्दादस्थित अमेरिकी सेनाका लागि सहयोगीको कम गरिरहेका कम्पनीले आवश्यक कामदार राखेर बाँकीलाई आइतबारदेखि पठाउन थालेका हुन् । आइतबार र सोमबार फर्काइएको टोलीमा नेपाली सात जना छन् ।

‘कम्पनीले हामीलाई जतिखेर पनि फर्काउने अवस्थामा तैनाथ गरेर राखेको छ,’ अमेरिकी बेस क्याम्पभित्र स्टोर म्यानेजरका रूपमा कार्यरत सुरज तामाङले भने, ‘आ–आफ्नो लगेज प्याक गरेर राखिसकेका छौं ।’ १२ वर्षदेखि क्याम्पमा कार्यरत तामाङले कम्पनीबाट खबर आउनेबित्तिकै इराक छोड्ने तयारीमा आफूहरू रहेको बताए ।

उनका अनुसार अमेरिकी बेस क्याम्पभित्र धेरै कम्पनी काम गर्छन् । ती कम्पनीले अत्यावश्यक संख्याका कामदारमात्र राखेर बाँकीलाई सामान्य अवस्था बनेपछि बोलाउने सर्तमा फर्काइरहेका छन् ।  परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले सम्बन्धित क्षेत्रलाई नजिकबाट हेरेर आवश्यक सूचना उपलब्ध गराउन निर्देशन दिइएको बताए । उक्त निर्देशनअनुसार मन्त्रालयलाई नियमित जानकारी पठाइरहेको दूतावासले जनाएको छ।

आजको कान्तिपुरमा समाचार छापिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्