अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ



भक्तपुर, सूर्यबिनायक नगरपालिका २ बालकोटबाट अवैध लागूऔषध गाँजा करिब १ केजी सहित कौशलटार बस्ने दोलखा भिमेश्वर नगरपालिका ५ घर भएका ६५ वर्षीय सत्यमान तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका ८ पचुईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने बस्तु १३ ग्राम सहित कैलाली धनगढी उपमहानगरपालिका २ बस्ने ३३ वर्षीय गुनाल सुनुवारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलौरी र प्रदेश अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, जनकपुर उपमहानगरपलिका २३ स्थित सडकबाट नियन्त्रित लागूऔषध नुर्फिन ६३ एम्पुल, डाइजेपाम ६५ एम्पुल, फेनारगन ६५ एम्पुल र नाइट्राभेट ट्याब्लेट ५० पत्ता सहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दोलखा सैलुङ गाउँपालिका २ बस्ने टाँसी भन्ने २१ वर्षीय पासाङ तामाङ, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ बस्ने २१ वर्षीय समिर श्रेष्ठ र लिसङखु गाउँपालिका घर भएका ३० वर्षीय सोनाम तामाङ रहेका छन् ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी जिरोमाईल धनुषाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्