नक्कली नोट सहित दुई जना पक्राउ



बिर्तामोड नगरपालिका ५ मित्रनगरबाट नेपाली १ हजार दरको २ थान नक्कली नोट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका ५ बस्ने ३४ वर्षीय सुरेन्द्र योङहाङ र मोरङ बेलबारी नगरपालिका ४ बस्ने २५ वर्षीय किरण खवास रहेका छन् ।

ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्