विदेशबाट नै पूनः श्रम स्वीकृति दिने सरकारको तयारी



काठमाडौं । सरकारले आगामी ३ महिना भित्रमा विदेशबाट नै पुनः श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा नियुक्ति भएपछि पहिलो पटक मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादवले उक्त जानकारी दिएका हुन् ।

मन्त्री यादवले श्रमिकका सुविधालाई मध्यनजर गर्दै श्रमिक बैंक खोल्नका लागि योजना अघि सारेको पनि बताए । साथै सरकारले वैदेशिक रोजगारीका लागि युरोपको श्रम बजार समेत खोजीरहेको मन्त्री यादवले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्