व्यापारी श्रेष्ठ हत्याका आरोपी ८ जनालाई जन्मकैदको फैसला

तीन जनाले पाए सफाई


दाङ । तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको अपहरणपछि हत्या आरोपमा घटनामा संलग्नलाई जन्मकैदनको फैसला सुनाइएको छ । जिल्ला अदालत सल्यानले घटना भएको करिब तीन बर्षपछि सुनवाई गर्दै १० बर्षदेखि जन्मकैदसम्मको फैसला सुनाएको हो ।

सल्यान अदालतका न्यायधीश कुलप्रसाद केसीको इजलाशले गएको पुस १५ गते सुनवाई गर्दै आठ जनालाई कारागार चलान गरेको छ भने बाँकी तीन जनालाई सफाई दिएको छ । घटनाका मुख्य योजनाकार टीकाराम घर्तीलाई ज्यान मार्ने उद्योगमा जन्मकैद गरिएको छ भने अपहरण मुद्धामा थप दश बर्ष कैद फैसला सुनाइएको छ । यस्तै घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका भुपेन्द्र भण्डारी, खुमबहादुर केसी र जमा पुनलाई भने अदालतले सफाई दिएको हो ।

कहिले भयो हत्या ?

प्रतिष्ठित ब्यबसायी श्रेष्ठलाई २०७४ साल जेठ २६ गते अपहरण गरी हत्या गरिएको थियो । अपहरण गरेको तीन दिनपछि श्रेष्ठको शब सल्यानको छत्रेश्वरी ४ झिम्पे भन्ज्याङमा फेला परेको थियो । अदालतले पुजा घर्ती, अबिरल महतरा, मानबहादुर भण्डारी, मनबहादुर पुन, नारायण वली, रुगद थापा र बिरे घर्तीलाई अपरहण मुद्धामा कारागार चलान गरिएको छ । दाङ प्रहरीले घटनाका मुख्य योजनाकारसहित १४ जना संलग्न भएको भनिएता पनि ११ जना मात्रै पक्राउ परेका छन् । बाँकी तीन जना अझै पनि फरार रहेको बताएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्