वैदेशिक रोजगार : कुन कम्पनिमा कति श्रमिकको बिमा



वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको मार्षिक प्रगति विवरणमा चार वटा ईन्स्युरेन्स कम्पनिले गरेको श्रमिक विमाको तथ्याङ्क सार्वजनिक गरेको छ ।

गत मंसिर महिनामा मात्र वैदेशिक रोजगारमा गएका मध्ये ५७ हजार २६ जनाले विमा गरेर गएको तथ्याङ्कमा रहेको छ । जस मध्ये ५३ हजार ३ सय ८७ जना पुरुष र ३ हजार ७ सय ३९ जना महिला रहेका छन् ।

विभागका अनुसार नेस्नल लाईफ ईन्स्युरेन्सले श्रमिकको जिवन विमा गरेको छ । जसमा १० हजार ६ सय ५२ पुरुष र ७ सय १६ जना महिला गरी जम्मा ११ हजार ३ सय ६८ जनाले विमा गरेका छन् । त्यस्तै, रिलायबल नेपाल लाईफ ईन्स्युरेन्स लिमिडेट बाट १२ हजार २ सय ६४ जना पुरुष र ८ सय १७ जना महिला गरी जम्मा १३ हजार ८१ जना श्रमिकले विमा गरेर वैदेशिक रोजगारमा गएका छन् ।

सूर्य लाईफ ईन्स्युरेन्सबाट २० हजार ८ सय २७ जना पुरुष र १४ हजार २९ जना महिला गरी जम्मा २२ हजार २ सय ५६ जनाले विमा गरेर वैदेशिक रोजगारमा गएका छन् । त्यस्तै, यूनियन लाईफ ईन्स्युरेन्स कम्पनि लिमिडेटबाट ९ हजार ६ सय ४४ जना पुरुष र ६ सय ७७ जना महिला गरी १० हजार ३ सय २१ जना श्रमिकले विमा गरेर वैदेशिक रोजगारमा गएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्