देशभरिकै मौसम बदली: आज दिनभरि नै पानी र हिउँ पर्ने, कुन क्षेत्रमा कस्तो ?



काठमाण्डौ  । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलबारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अहिले देशका विभिन्न ठाउँमा पानी र हिउँ परिरहेको छ । अहिले पश्चिमको दिपायल, वीरेन्द्रनगरसहित पूर्वको ओखलढुङ्गा आसपासका क्षेत्रमा पानी र हिउँ परिरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले देशभरिकै मौसम बदली भइ धेरै ठाउँमा पानी र हिउँ परिरहेको मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका अनुसार यसकै प्रभावले बिहीबार दिनभरि नै पानी र हिउँ पर्दै रोकिने क्रम जारी रहने छ ।

शुक्रबार काठमाण्डौसहित मध्यका थोरै र पश्चिमका धेरै ठाउँमा घाम लाग्ने तर मध्य क्षेत्रकै केही र पूर्वको मौसम भने आशिंकदेखि सामान्य बदली हुने सम्भावना रहेको उहाँले बताउनु भयो । बदली तथा वर्षा भएका कारण अधिकताम तापक्रम कम हुने भएकाले देशभर जाडो अत्याधिक रहेकाले सतर्कता अपनाउनु सुझाव दिइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्