उज्यालो तुलसीपुर योजना



सैघाली खबर
दाङ ,२० कार्तिक

दाङको तुलसीपुरलाई सधैका लागि अध्यारो मुक्त बनाउने उदेश्यले ‘उज्यालो तुलसीपुर’ नाम दिएर योजनाको सम्भाव्य अध्ययन गरिएको छ । सौर्य उर्जाको माध्यमबाट सो क्षेत्रमा २४ सै घण्टा विद्युत उपलव्ध गराउने गरी सम्भाव्य अध्ययन गरिएको हो ।
तुलसीपुर उपमहानगरपालिकाले उज्यालो नगरका रुपमा विकास गर्नका लागि दिगो ग्रुपको सहकार्यमा सम्भाव्यता अध्ययन गरेको उपमहानगरपालिकाले जनाएको छ ।

ग्रुपका प्राविधिकहरु शिवराम अधिकारी र भरत सापकोटाले तुलसीपुर उपमहानगरपालिकाका आठ वटा सार्वजनिक ठाउँमा सम्भाव्यता अध्ययन गरेको हो । जसमा महेन्द्र मावि,अमर मावि, कोठरी डाँडा, विजौरी, वेलझुण्डी, दुधरास , भ्युडहर सुनपुर, नवदुर्गा सामुदायिक वन, राधा कृष्ण मन्दिरलगायतका ठाउँको सम्भाव्यता अध्ययन गरेको हो ।
सौर्य उर्जाबाट विद्युत उत्पादन गर्नका लागि सम्भाव्यता अध्ययन गरिएका ठाउँमध्ये तत्काल उपयुक्त ठाउँको छनोट गरेर काम अगाडि वढाइने मेयर धनाश्याम पाण्डेले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्