लोकतन्त्रमा मात्र पेशाको ग्यारेन्टी हुन्छ ः खनाल



सैघाली खबर
दाङ ,२० कार्तिक


प्रतिनिधि सभा क्षेत्र नम्वर २ का उमेद्धार तथा निवर्तमान सांसद राजु खनालले लोकतन्त्रमा मात्र पेशा व्यवसायको ग्यारेन्टी हुने बताएका छन् ।
नेपाल ट्रेड युनियन काग्रेस दाङमा आवद्ध नेपाल नाइ संघ र नेपाल अटो रिक्सा श्रमिक संघसंग घोराहीमा भएको छलफल कार्यक्रमका उनले यस्तो बताएका हुन । नेता खनालले लोकतन्त्रको रक्षा नेपाली काग्रेसले मात्र गर्ने बताए । उनले भने ‘ कांग्रेसले पेशाको सुरक्षा गर्दछ’ । त्यसकारण नेपाली काग्रेसलाई विजयी वनाउन समेत आग्रह गरे । उनले भने ‘ हामीले कसैलाइ डर,त्रास देखाएर सतामा जादैनउ’ ।

सवैलाई सम्मान व्यवहार गर्ने र भुटो प्रचार समेत नगर्ने बताए । जनताको सुख दुखमा नेपाली काग्रेसले सहयोग गर्ने बताए । देशमा विभिन्न समयमा भएका ठुला ठुला समस्या समेत कांग्रेको नेतृत्वमा समाधान भएको बताए । सवैलाई लोतान्त्रिक वाटो ल्याउन कांग्रेसले नेतृत्व गरेको बताए । पुर्व सासद समेत रहेका खनाले नेपाली कांग्रेसको नेतृत्वले नै जिल्लामा भएका विकास निर्माणका कार्यलाई अगाडि वढाएको बताए । कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वय पनि काग्रेसको नेतृवमा हुने बताए । त्यसकालागि नेपाली काग्रेसलाई विजयी वनाउनु पर्ने बताए । जिल्लामा नेपाली काग्रेसको जित सुनिश्चित रहेको बताए ।

उनले भने ‘ काग्रेससंगको विजयी सुनिचित देखेर वामपन्थीहरु मिलेर चुनाव लडन थालेका छन् ’ । उनले काग्रेस संग प्रतिपर्धा गर्ने क्षमता भए एकल एकल चुनाव लडन समेत चुनौती दिए । त्यस अवसरमा प्रदेश सभा क्षेत्र नम्वर २ क उमेद्धार कमलकिशोर घिमिरेले कांग्रेसको नेतृव्वमा मात्र प्रजातन्त्र स्थापना हुने बताए । प्र्रजातन्त्रमा सवैको समान अस्तीत्व हुने बताए । त्यसकालागि नेपाली काग्रेसलाई विजयी वनाउन लाग्नु पर्ने बताए । त्यस अवसरमा प्रदेश सभा क्षेत्र नम्वर २ का समानुपातीक उमेद्धार सावित्रा राना, नेपाली काग्रेस क्षेत्र नम्वर ३ का सभापत्ति भुपबहादुर डांगी, नेपाल ट्रेड युनियन कांग्रेस का पुर्व अध्यक्ष गोविन्द्र प्रसाद न्यौपाने लगाएतकाले भनाई राखेका थिए । कार्यक्रम नेपाल नाइसंघका अध्यक्ष इसराइल सलमानीको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सहजिकरण विष्णुमणि दाहालले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्