हिमाली जिल्ला हुम्लाको हवाई सेवा तीन दिनदेखि अवरुद्ध



सिमकोट– हिमाली जिल्ला हुम्लाको हवाई सेवा तीन दिनदेखि पुनः अवरुद्ध भएको छ। हिमपातका कारण विमानस्थलमा हिउँ जमेको र हावाहुरी चलेका कारण हवाई सेवा अवरुद्ध भएको हाे।

हिमपातका कारण चार दिन लगातार बन्दपछि खुलेको हुम्ला जिल्लाको एक मात्र हवाई सेवा मंगलबारबाट हिमपातको कारण पुन: अवरुद्ध भएको छ। बिहानैबाट बाक्लो हिमपात हुँदा विमानस्थल सेताम्मे भएकाे छ। साथै बुधवार बिहानबाट हावाहुरी चलेपछि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ।

हिमपातकै कारण हुम्लाको हवाई सेवा तेस्रो पटक अवरुद्ध हुन पुगेको छ। बिहानबाटै तारा, समिट र सीता एयरका जहाजहरुले नेपालगंज र सुर्खेतबाट उडान भर्ने तयारी गरेको भएपनि हुम्लामा हिमपात भएपछि हावाहुरी चल्दा उडान हुन सकेकाे छैन।

यसबाट सिमकोटबाट नेपालगंज र सुर्खेत झर्न लागेका दुई दर्जन यात्रुहरु सिमकोटमा रोकिएका छन्। चिसो पनि निक्कै बढेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्