वैदेशिक रोजगार : यस्तो छ व्यक्तिगत उजुरी र बिगो रकम



काठमाण्डौँ । पछिल्लो समय वैदेशिक रोजगारमा व्यक्तिगत तथा कानुनि उजुरी बढ्दै गएको छ । नेपाल सरकार श्रम मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको व्यक्तिगत उजुरी सम्बन्धि प्रगति विवरणलाई हेर्ने हो भने पनि व्यक्तिगत उजुरी बढेको देख्न सकिन्छ ।

विभागको तथ्याङ्कलाई हेर्ने हो भने वैदेशिक रोजगारमा गत वर्ष ८ सय ५५ उजुरी दर्ता भएको छ । जसमा दावी रकम ५६ करोड ११ लाख २९ हजार १ सय ८४ रुपैयाँ रहेको छ । गत कार्तिक महिनामा १ सय ७५ उजुरी दर्ता र दावी रकम १३ करोड ६६ लाख ६९ हजार १ सय ६६ रुपैयाँ रहेको छ । त्यस्तै, गत मंसिर महिनामा ३४ उजुरी र दावी रकम १ करोड ८७ लाख २ हजार ८ सय ७५ रुपैयाँ रहेको छ । यस वर्षको हाल सम्ममा भने २ सय ९ उजुरी र दावी रकम १५ करोड ५३ लाख ७२ हजार ४१ रुपैयाँ रहेको छ । र हाल सम्मको भने १ हजार ६४ व्यक्तिगत उजुरी र दावी रकम ७१ करोड ६५ लाख १ हजार २ सय २५ रुपैयाँ रहेको विभागको तथ्याङ्कमा उल्लेख गरीएको छ ।

विभागको आर्थिक वर्ष २०७६÷७७ को व्यक्तिगत उजुरी विवरण र अदालतमा दायर भएको मुद्दा र अदालतमा विगो दावी रकम पनि सार्वजनिक गरेको छ । जसमा गत वर्ष अदालतमा दायर मुद्दा २ सय ९ रहेको छ भने अदालतमा विगो दावी रकम २२ करोड ५६ लाख ९३ हजार ३ सय ७१ रुपैयाँ रहेको छ । त्यस्तै, गत कार्तिक महिनामा अदालतमा दायर भएको मुद्दा ९८ र अदालतमा विगो दावी रकम १० करोड ९८ लाख ६१ हजार ६ सय ८७ रुपैयाँ रहेको छ । गत मंसिर महिनामा अदालतमा दायर भएको मुद्दा २४ र अदालतमा विगो दावी रकम २ करोड ३ लाख १२ हजार ५ सय ८ रुपैयाँ रहेको छ । साथै, यस वर्षको हाल सम्ममा अदालतमा दायर भएको मुद्दा १ सय २२ र अदालतमा विगो दावी रकम १३ करोड १ लाख ७४ हजार १ सय ९५ रुपैयाँ रहेको छ । र हाल सम्मको जम्मा अदालतमा दायर भएको मुद्दा ३ सय ३१ र अदालतमा विगो दावी रकम ३५ करोड ५८ लाख ६७ हजार ५ सय ६६ रुपैयाँ रहेको विभागको तथ्याङ्कका उल्लेख गरीएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्