गुण्डागर्दीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ



विभिन्न प्रकारले धाकधम्की दिई गुण्डागर्दीमा संलग्न रहेको अभियोगमाकाठमाडौं ठमेलबाट२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बाग्लुङ् ढोरपाटननगरपलिका(६ घर भई काठमाडौं ग्रिनल्याण्ड बस्ने ३१ वर्षीय देवेन्द्र बहादुर घर्तिमगर र धादिङ निलकण्ठ नगरपालिका(३ घर भई काठमाडौं नयाँबजार बस्ने २४ वर्षीय सुजन पौडेल रहेका छन् ।
हातहतियार देखाउने तथा धाकधम्की समेत दिई त्रास पैदा गर्ने जस्ताकार्य गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उनीहरुले२०६४ सालमा दुई व्यक्तिलाई गोलीप्रहार गरी घाईते बनाएकोमा ज्यान मार्ने उद्योगमा ४ बर्ष जेल सजाय र २०७१ सालमा एक व्यक्तिलाई खुकुरी प्रहार गरी घाइते बनाएको ज्यान मार्ने उद्योगमा २०७३ सालमाधादिङमा ७ महिना रनुवाकोटमा ४ महिनासजाय भोगेको अनुसन्धानबाट खुल्न आएको उक्त महाशाखाले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्