‘अक्टोबर क्रान्ति’को आज सय वर्ष ः नेपालमा पनि मनाईंदै



सैघाली खबर
काठमाडौं,२१ कार्तिक


विश्वमा पहिलो पटक समाजवादी क्रान्ति भएको शत्वार्षिकी मनाईदैछ ।सर्वहारा वर्गको नेतृत्वमा सन् १९१७ नोभेम्बर ७ मा रुसमा उक्त क्रान्ति भएको स्मरणमा नेपालमा विभिन्न कार्यक्रम गरिदैछ । भ्लादिमिर लेनिनले अगुवाइ गरेको यो ‘महान् अक्टोबर समाजवादी क्रान्ति’ को सय वर्ष पूरा भएको अवसरमा नेपालका वैचारिक गतिविधि गर्न सोनाम साथीको संयोजकत्वमा अक्टोबर क्रान्ति शत्वार्षिकी समिति नेपाल गठन गरिएको छ । समितिको आयोजनामा आज काठमाडौँको भृकुटीमण्डप बाट शान्तिवाटिकासम्म पदयात्रा गरिनेछ । शत्वार्षिकीकै सन्दर्भमा नेपाल वैकल्पिक अनुसन्धान समाजले काठमाडौँमा यही कात्तिक २२ देखि २४ गते नेपाल, भारत र चीनका वामपन्थी बुद्धिजीवीको अन्तर्राष्ट्रिय सम्मेलन पनि गर्दैछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्