‘जहाँ शब्दहरुले काम गर्दैन, त्यहाँ संगीत बोल्छ’ प्रविशाकाे लागि त्यहि सावित भयाे



प्रख्यात भनाई छ, ‘जहाँ शब्दहरुले काम गर्दैन, त्यहाँ संगीत बोल्छ ।’ संगीत मौनताको आवाज हो । आवाजविहीनहरुको भाषा हो । त्यसैले यो सर्वप्रिय छ, सर्वस्वीकार्य छ । तर प्रविशा अधिकारीको जीवनमा संगीत त्यतिमात्र कहाँ थियो र ? संगीत उनको सपना थियो ।


भनिन्छ, “सपना त्यो हो, जसले सुत्न दिँदैन ।’ हो त, प्रविशालाई सधै जागा राख्ने त्यही संगीत हो । जतिबेला उनको कलिलो हृदयमा संगीतको झंकार गुञ्जियो, त्यही बेलादेखि उनी यसमा रत्तिन थाले ।” राजगढ,झापा जिल्लामा जन्मिएकी प्रविशा सानोमा ज्ञानी स्वभावको थिईन । उनलाई स्टेजमा गएर बोल्नुपर्यो भने खुट्टा काप्थे । उनलाई स्टेजमा गएर गाउनपर्यो भने बरु भाग्थिन उनका साथीहरुले गित गाउन लगाउथे । उनको बाल्यकाल र विद्यालय तहको अध्ययन झापामा नै सकियो ।


२०६४ सालमा दिनेश सुनामको संगितमा गायक प्रमोद खरेलसँग चलचित्र विदाईमा प्रविशाले पनि आवाज दिने अवसर पाईन र उनको गायन क्षेत्रमा प्रवेश गरिन् । यो उनको रेकर्डेङ पहिलो गित हो । त्यसपछि २०६५ सालमा चलचित्र मायामा भन्ने गित अत्यधिक दशर्कले मन पराईदिए । जसमा प्रविशाको साथमा राजन ईशानको आवाज थियो भने बसन्त सापकोटाको संगित रहेको थियो । उनको बजारमा सबैभन्दा पहिले सार्वजनिक हुने गित थियो ।

“म घाम हु तिमी छाँया हौ”बोलको गितले प्रविशाको पहिलो चर्चित गित हो । मायामा बोलको गित २०६५ सालमा रिलिजमा भएसगैँ त्यसयता उनले थुप्रै गित गाईन उनका गित खुबै रुचाईयो तर अवसोच चलचित्रमा गित गाएर गित सुपरहिट हुदा पनि प्रविशाको आवाज चल्यो तर प्रविशा अधिकारी भने मिडीयामा आईनन् ।


प्रविशा भन्छिन “मैले यो क्षेत्रमा आउँदा फ्यानफलोइङ हुन्छ । सपोर्टर र हेटर हुन्छ भनेर सोचिनँ । यो त पछि मात्रै मैले अनुभव गरेँ । मलाई संगितमा आउनु थियो । गाउनुु थियो गाए । म भोलि फेमस हुन्छु, फ्यान फलोइङ हुन्छ, अडियन्स हुन्छ भनेर सोचेर आएको थिइनँ ।”
संगित क्षेत्रमा सफल हुनका लागी क्षमता भएको संगितको अध्ययन गरेको व्यक्ति नै संगित क्षेत्रमा आउनुपर्ने भनाई छ ।


फुल हैनले दिएको सफलता चलचित्र रोजको “फुल हैन काडाँ”बोलको गित सार्वजनिक भएसँगै प्रविशालाई पनि चर्चामा ल्याईदियो । यसअघि पनि दर्जर्नाै सुपरहिट गितमा आफ्नो आवाज दिएको भएता पनि उनलाई मिडीया र दर्शकमा माझ प्रविशा भनेर चिनाउने गज्जबको पुल बन्यो । चलचित्र रोजको “फुल हैन काडाँ” बोलको गित । गित तयार भएपछि उनले यस गितका संगितकार एलिश कार्कीसँग मलाई गित पठाईदिनुस म सुन्छु कस्तो भएछ भनेर अनुरोध गरिन् । जसअनुसार गित उनले पाईन पहिलो पटक गित सुन्दा ठिकै लाग्यो फेरी सुनिन झनै मन पर्यो सायद रातभर जसो उनले त्यो गित सुन्न भ्याईन । उनलाई गित गजब लाग्यो त्यो पनि लाग्यो यो गितले राम्रो दर्शक र स्रोताको माया पाउछ भनेर नभन्दै गित सुपरहिट नै साबित भईदियो । हालसम्म उनले यो गितबाट ३ वटा अवार्ड समेत हात पारिसकेकी छिन् ।


गितमा प्रविशाको साथमा प्रताप दासको आवाज छ । साथै गितमा प्रदिप खड्का र मिरुना मगरलाई फिचरिङ गरिएको छ । यो गित अहिलेसम्म युटुबमा ३ करोड ५० लाख भन्दा धेरै दर्शकको भ्युज बटुल्न समेत सफल भएको छ ।

उनले हालसम्म चलचित्र जब जब माया बस्छमा “नौ डाँडा त्यो काटेर”, मञ्जरीमा “मायाले बाध्यो यसरी”,किङमा “अधुरो थियो सपना”,रणविर चलचित्रको“मायामा र मनमा चाहाना”,ब्रासलेट चलचित्रको “खोई माया बुझेको”,स्वाभिमान चलचित्रको “म त खै भनु”, नोभेम्बर रेईनको “कस्तो मिठो”,होमवर्क चलचित्रको “के साच्चै तिमी” ,विर विक्रमको “नजिक हुदै छ” चलचित्र खुसी,बोबी चलचित्रमा “अरे सुन”,मन मनै मन पराएमा “अरे बोले माया बढछ है”,मार्यो नि मायाले मार्योमा “ओठ हास्छ तिमी सँगै”,ए मेरो हजुर ३मा “तिमी बिनाको जिन्दगी” र “चिट डे”रोज चलचित्रमा “फुल हैन काँडामा” साथै उनले हालसम्म ४०० गितमा आवाज दिएकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्