ब्राउन सुगरसहित तीन जना पक्राउ



कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–१० घर भई वडा नं. ८ को बुद्दचोकमा डेरा गरी बस्ने २० वर्षीय उमेश धामी, २० वर्षीया उमा चौधरी र १९ वर्षीया असरानी चौधरी रहेका छन् ।

धनगढी उपमहानगरपालीका–८ मा लागुऔषधको कारोबार भइरहेको भन्ने विषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिइएको प्रहरी टोलीले तीनजनालाई ५ सय १० मिलीग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

पक्राउ परेकाहरूबाट ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोटलगायतका सामान बरामद गरिएका उनले बताए। उनका अनुसार जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्