चुनाव पुनः सार्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै ।।



nirbachan aayog

जेष्ठ, १७
दोस्रो चरणको चुनाव पुनः सार्ने बारे निर्णय गर्न मन्त्रिपरिषद बैठक आज बस्दैछ । असार ९ गतेका लागि सारिएको चुनाव ईस्लाम समुदायको पर्व रमजानको महत्वपूर्ण दिन पर्ने भएकाले असार १४ गतेका लागि सार्ने सरकारको तयारी छ । केहीबेरपछि मन्त्रिपरिषद बैठक बसी यसबारे आधिकारिक निर्णय गर्नेछ । चुनाव सार्नेबारे प्रधानमन्त्रीले हिजो निर्वाचन आयोगका पदाधिकारीसँग परामर्श गर्नुभएको थियो । मौसमको हिसाबले असार ९ या १४ मा खासै भिन्नता नभएकाले राष्ट्रिय जनता पार्टी राजपालाई समेत चुनावमा सहभागी गराउन सजिलो हुने गरी सरकारले अर्को मिति घोषणा गर्न लागेको हो । सरकारले निर्वाचन ऐन संशोधनका लागि संसदमा प्रस्ताव समेत दर्ता गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्