घोराही सिमेन्टको गुणस्तरमा फेरि समस्या देखियो



दाङ । दाङको घोराही सिमेन्टमा फेरि समस्या देखिएको छ । यसअघि पनि घोराही सिमेन्टले उत्पादन गर्दै आएको ‘सगरमाथा सिमेन्ट’ (ओपीसी सिमेन्ट) मा पटक-पटक समस्या देखापर्दै आएको छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक सञ्जीव ठाकुरले सगरमाथा सिमेन्टको ओपीसीमा माटोको मात्रा फेला परेको जानकारी दिए । पटक-पटक सगरमाथा सिमेन्टको उत्पादनमा समस्या देखिएपछि सरकारले त्यसको उत्पादन रोक्ने गरी तयारी गरेको ठाकुरले बताए ।

उत्पादित सिमेन्ट गुणस्तरविपरीत फेला परेपछि विभागले घोराही सिमेन्टलाई यसअघि नै १५ दिनको समयावधि दिएर त्यसबारे स्पष्टीकरण सोधेको छ । यो सवालमा कम्पनीले भने आधिकारिक रुपम कुनै पनि कुरा सार्वजनिक गरेको छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्