गोरु काटेको आरोपमा पक्राउ



गोरु काटेको आरोपमा यहाँस्थित सूर्योदय नगरपालिका–९ को रम्फोकबाट दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रम्फोककै ३८ वर्षीय निमा तामाङ र ३८ वर्षीय पेमा तामाङ रहेका छन् । गाउँमा गोरु काटिरहेको खबर पाएपछि गोप्य सूचनाका आधारमा फिक्कल प्रहरीचौकीका प्रमुख बस्नेतको नेतृत्वमा खटिएको टोलीले घटनास्थलबाट उनीहरूलाई पक्राउ गरेको थियो ।

प्रहरी घटनास्थल पुग्दा काटिएको मासु मात्र फेला परेको थियो । उनीहरुले गोरु बिरामी भएकाले काट्नु परेको बताएका छन् । घटनासम्बन्धमा म्याद थप गरी अनुसन्धान अघि बढाइने इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख रमेश राईले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्