ए’ डिभिजन लिगमा आज दुई खेल हुँदै, को- को भिड्दै छन् ?



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग अन्तर्गत आज(शनिबार) दुई वटा खेल हुँदैछन् ।पहिलो खेलमा मध्यान्ह १२ बजे जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लब तथा दोस्रो खेलमा दिउँसो ३ बजे मनाङ मस्र्याङ्दी क्लब र थ्री स्टार क्लबले प्रतिस्पर्धा गर्ने छन् ।

दुवै टिम जित निकाल्दै अंक तालिकामा सुधार गर्ने लक्ष्यमा रहेका छन् ।पुलिस ६ खेलमा २ खेलमा जित, २ मा हार, २ बराबरी सहित ८ अंक जोडेर तालिकाको सातौ स्थानमा छ ।

जावलाखेल २ खेलमा जित, १ मा हार र ३ बराबरी सहित ९ अंक जोडेर पाँचौ स्थानमा छ ।आजै हुने दोस्रो खेलमा मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । मनाङ ६ खेलमा ३ जित र ३ बराबरी सहित १२ अंक जोडेर तेस्रो स्थानमा छ ।

थ्री स्टार ६ खेल मध्य ३ मा जित, २ हार र १ बराबरी सहित १० अंक जोडर तालिकाको चौथो स्थानमा छ । शीर्ष स्थानको आर्मीको १३ अंक रहेको छ । मछिन्द्रलाई गोल अन्तरमा पछाडी पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्