राजेन्द्रको टाला टुली बोलको गीत सार्वजनिक



गायक राजेन्द्र बुढाथोकी को बालापनको सम्झना गराउन अत्यन्तै मार्मिक गीत टाला टुली बोलको गीत सार्वजनिक भएको छ । हास्य टेलीसृङ्गखला सक्किगोनी मा निक्कै रुचाइएका कलाकार सागर लम्साल बले र पछिल्लो समयमा निक्कै चर्चामा रहेकि मोडेल अन्जली अधिकारिको अभिनय रहेको उक्त गीतमा स्वर स्वयम गायक राजेन्द्र बुढाथोकीको रहेको छ भने गीतमा शब्द भर्ने काम लोकराज अधिकारीले गरेका हुन ।

अर्जुन पोखरेलको संगीत रहेको टाला टुलीमा बिशेषत आफ्ना बाल्यकालको सम्झनालाई समेतेर आफुले गीत तयार गरेको गायक राजेन्द्रको भनाई छ । आफ्नो गीत बाल्यकाल सम्झिने हर जो कसैको लागी प्रतिनिति गीत रहेको समेत गायक बुढाथोकीको भनाई छ ।
टि.एल.एन मिडिया युट्युब  च्यानल मार्फत सार्वजनिक भएको यस गीतलाई सुनेर सल्लाह सुझाव दियी दिन समेत राजेन्द्रले आफ्नो श्रोता दर्शकलाई अनुरोध गरेका छन ।
भिडियो सहित

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्