क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजक सगरमाथा सिमेन्ट



सैघाली खबर,
घोराही, २२ कार्तिक।
यही कार्तिक २७ गते देखी दाङमा हुन लागेको क्लव स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितालाई सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ । दंगाली टी ट्वान्टी क्लब स्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालनका लागि साढे २ लाख रुपैयाँ सहयोग गर्दै गोग्लीमा रहेको सगरमाथा सिमेन्टले मुख्य प्रायोजन गर्ने भएको छ ।

क्रिकेट प्रतियोगिता आयोजक दाङ क्रिकेट संघले उक्त प्रतियोगितालाई सगरमाथा सिमेन्ट दंगाली टि ट्वान्टी कप क्लव स्तरीय रािष्ट्रय क्रिकेट प्रतियोगिता भनेर सञ्चालन गर्ने जनाएको छ । यसैविच प्रतियोगिता सञ्चालनका लागि आबस्यक तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष प्रदिप मजगैयाले जानकारी दिनुभयो ।

गुलरीयामा रहेको खेल मैदान तयार पार्ने र आर्थिक संकलनको काम तिब्ररुपमा भैरहेको उहाँको भनाई छ । यसैगरी प्रतियोगिताका लागि बिभिन्न संस्थाहरुले सहयोग गर्ने क्रम जारी छ ।

यसैक्रममा आज सुर्यदिप उर्जा प्रालीले २५ हजार, वराह सप्लायर्सका सञ्चालक धिरज पौडेलले १० हजार ५ सय ५५ र बजाज सोरुम घोराहीका सञ्चालक बलदेब योगिले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्