एनसीसी बैंकले ऋणपत्र विक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र विक्री गर्न अनुमती मागेको हो ।
बैंकका अनुसार ३० लाख कित्ता मध्य सार्वजनिक निष्कासन मार्फत १२ लाख कित्ता र व्यक्तिगत तवरबाट विभिन्न संघ संस्थाहरुलाई १८ लाख कित्ता शेयर बिक्री गर्न सकिनेछ ।
उक्त ऋणपत्रको विक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।