एमसीसी र नेपाल

सोचाई सकारात्मक नभई देश बन्दैन


पि.एल.आशिष, “नुवाकोटे”

अहिले चर्चामा रहेको अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जुन बिबाद र बहस भै रहेको छ, त्यो हुन जरुरी छ । किनभने एमसीसी ईण्डो प्यासिफिक रणनितीकै कुनै अंग हो कि होईन ? यदी ईण्डोप्यासिफिकको अंग होईन भने किन बिरोध ? के का लागि बिरोध ? के नेपालमा शक्तीराष्ट्र तथा बिकसित राष्ट्रले हिजोका दिनमा सहयोग गरेका छैनन् ? आज सहयोग गरेकाहरुले भोलीका दिनमा नेपालीलाई केवल आफ्नो स्वार्थमा प्रयोग गर्ने मात्र योजना छ भनेर भन्न सकिने कुनै ठोस तथा प्रर्याेप्ते कारण पेश गर्न सक्ने क्षमता एमसीसीको खुलेर बिरोध गर्ने वर्गमा छ ? यदी छ भने प्रष्ट पार्नु जरुरी छ । यदी छैन भने देशको बिकासको लागी उर्जा क्षेत्रमा लगानि गर्ने भनेर प्रष्ट निती तथा प्रस्ताव आएको अवस्थामा किन एमसीसीमा अनावश्यक विवाद भइरहेको छ ?

यसै प्रसंगमा आज केही मेरा बिचारहरु आम जनसमुदाय तथा पाठक वर्गमा राख्ने जमर्को गरेको छु । २०७६ माघ ४ गते शनिबार माईतिघर मण्डलामा हजारौं नेपाली नागरिक भेला भए, उक्त भेलालाई सम्बोधन गर्ने वक्ता तथा उपस्थित जनसमुदाय देख्दा हामी नेपालीहरु धेरै अशिक्षीत छौं, एक्काईसौं सताब्दीमा आईपुग्दा समेत हामी हाम्रो पोजिसन, भोलीको आवश्यकता र समयको महत्वको कुनै हेक्का राख्न नसक्ने रहेछौं जस्तो लाग्यो ।

त्यहाँ सम्बोधनको क्रममा “एमसीसी अमेरिकी सेना नेपाल भित्र्याउने रणनिती हो, भोली एमसीसी पास भयो भने अमेरिकाको सेनाले नेपाली भुमीलाई आफ्नो क्रिडास्थल बनाउने छ, हाम्रा चेलिवेटीहरु बलात्कृत हुन्छन्, सिरियामा जस्तै हाम्रा साना साना बाबुनानी हरुले आफ्ना आमाबाबुलाई अमेरिकी सेनाले कञ्चटमा बन्दुक ताकेको, बुटैबुटले हानेको हेर्नु पर्नेछ”। भन्ने खालका भ्रामक अभिव्यक्ती दिएको सुन्दा केवल हामीलाई कसैको राम्रो कामको सहि बिश्लेशण गर्न तथा आवश्यक कुरालाई कानून सम्बत प्राप्तहुँदा पनि त्यसलाई स्विकार्नको लागी कमिसन चाहिन्छकी भन्ने अनुमान धेरैले गर्नुभयो होला…… ।

यदी त्यसो होईन भने नेपाल भन्दा बाहेक ५०औं देस एमसीसीको सदस्य छन्, अमेरिकाले ति देसहरुमा गरिबी निवारण गर्ने उदेश्य अनुसार बिभिन्न शिर्षकमा आवश्यक रकम बिनियोजन गर्दै आईरहेको छ । त्यसैगरी नेपालमा अत्याधिक संभावना भएको उर्जा क्षेत्रमा लगानि गर्ने उसको लक्ष्य स्वागतयोग्य र स्विकार्य छ, कथंकदाचित नेपालको परराष्ट्र निती, छिमेकी राष्ट्रसंगको सम्बन्ध र बिदेशी सेनाको हस्तक्षेप गर्ने नियोजित मनसाय छैन र होईन भने……. ।

यदी बाहिर बजारमा अफवाह फैलाउनेको भन्दा नितिगत कुरा गरिरहेका कुटनितिज्ञ अरुको कुरा सुन्ने हो भने पनि यो नेपालको लागी सुनौलो अवसर नै हो । यसमा भएको संझौता अनुसार कुनै सैन्य गतिबिधी सँग यो एमसीसी सम्बद्ध छैन् । यती हुँदै गर्दा हामी आम नागरिक एमसीसी स्वीकृत भए बिभिन्न त्रास हुन सक्ने आंकलन गर्छौं तर ८० लाख नेपाली भारत लगायत बिभिन्न मुलुकमा श्रमिक बनेर बस्दैगर्दा तिनीहरुको दैनिकी…, तिनीहरुको भोगाई, बिदेसिएका नागरिकको पारिवारिक पिडा…, यसको विषयमा किन हामी खुल्ला बहस गर्दैनौं त ?

यदी सरकारलाई सचेत गराउने हो भने म्यानपावर कम्पनिले जसरी खाडी लगायत मुलुकमा मान्छे पठाउन उद्धत सरकारलाई खबरदारी गर्नुस्, नेपालमै रोजगारी सृजना गर्ने दवाब दिनुस् । नेपाली युवाले विदेसमा गएर पसिना बगाएको कमाईबाट प्रतिशतको आधारमा रकम कटाएर यहाँ मन्त्री तथा संसदहरुलाई भत्ता खुवाउने कुराको बिरोध गर्नुस, नेपालमा संभाब्यता अद्ययन गरी कुन ठाउँबाट के उत्पादन गर्न सकिन्छ, त्यसको लागी पहल गरौं, उद्योग, कलकारखाना, खानी उत्खनन् लगायतका कामका बिदेशी सहयोग जुटाउने र राष्ट्रिय उपलब्धी गर्ने तर्फ केन्द्रित बनौं ।

यहाँ सरकारका कमीकमजोरी हजारौं छन् नागरिकलाई रैति बनाउने बिभिन्न कानून र बिधान कति निर्माण भैसके, कति निर्माणाधिन अवस्थामा छन् तिनीहरुको अद्ययन र विश्लेशण गरौं, यि सवै कुरा गर्दैगर्दा राष्ट्रहितलाई असर पार्ने, बिकासको लागी भोलीका आधारहरु निर्माण गर्ने अवस्थालाई आजै ब्ल्याक होलमा घुसाउने काम सत्तापक्ष, प्रतिपक्ष र आम नागरिक कसैबाट नगरौं ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्