‘ए’ डिभिजन लिग: सातौं चरणका खेलहरु आज सकिँदै



काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजसातौं चरणका खेलहरु सकिने भएका छन् । सातौं चरणको अन्तिम दिन आज ब्रिगेड ब्वाइज क्लबले संकटासँग खेल्दा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ ।

आजको खेल जितेको खण्डमा आर्मी क्लबले अंक तालिकाको शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनाउनेछ । आर्मी क्लबले ६ खेलबाट १३ अंक जोडेको छ ।

एक खेल बढी खेलेको मच्छिन्द्र क्लब समान १३ अंकको साथ गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । तेस्रो स्थानको मनाङ मस्र्याग्दी क्लबको पनि १३ अंक नैं छ ।

लिगअन्तर्गत हिजो भएका खेलहरुमा फ्रेन्ड्स क्लब र न्यूरोड टिम एनआरटी विजयी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्