मौसम : केही ठाउँमा वर्षासँगै हिमपात , तराईमा हुस्सु र कुहिरो



काठमाण्डौ । जल तथा मैसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको र अन्य भूभागमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले मंगलबार विहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिमी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको हो । त्यसैगरी तराईमा हुस्सु र कुहिरो रहने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्