नेकपाबाट सभामुख पदकालागि अग्नि सापकोटाको उमेदवारी दर्ता




रिक्त रहेको सुभामुख पदका लागि नेकपाका नेता अग्नि सापकोटाले सभामुखका लागि उमेदवारी दर्ता गराएका छन् ।

नेकपाको निर्णय अनुसार सुवासचन्द्र नेम्वाङ प्रस्तावक र ओनसरी घर्ती, देव गुरुङ र लक्ष्मणलाल कर्ण समर्थक रहेका छन् । सुभामुख पदका लागि नेपाली कांग्रेसले भने उमेदवारी नदिने भएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार प्रकरणमा मुछिएर राजीनामा दिएपछि प्रतिनिधिसभा सभामुख पद रिक्त छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्