कमाउन गएका नेपाली सिमानामा लुटिन्छन



उत्तम कुमार थापा
पिडाई पिडाले भरिएको जिन्दगीमा दाग हुदो रहेनछ । जिन्दगी अचम्म हुन्छ,जहाँ जन्म थलो छोडेर कर्मथलो तिर लागिन्छ ।
हाम्रो देश नेपालमा वेरोजगार हुदाको पीडा प्रदेशमा बुलन्द हुन्छन आवाज,अरु देशको त कुरै छोडौ,हाम्रै छिमेकी राष्ट्र भारतमा लाखौंलाख नेपालीहरु बसोवास गरिरहेका छन ।

मित्रराष्ट्र भारतमा हामी केही समयको लागि गयौँ भारतको पीडा नेपालीको भोगाई,नेपाली जति जुकै दुख्खमा पनि रमाई रहेका देखिन्छ । हामीले भोगेको पीडा ,म हुँ नेपाली मेरो देश हो नेपाल ,हामी थुप्रै राथिहरु थियौं । नेपाली टोपिमै सजिएर गएका थियौं जिन्दगी जति नेपाली पोशाकमा गयो त्यतिनै ठगिएको पाईदो रहेछ । हामी हाम्रो जन्मथलो हुँदै महेन्द्रनगर आईपुगेका थियौ,महेन्द्रनगर देखि गड्डाचौकि जानुपर्ने थियो । त्याहाँ जादा,सिमाना नजिकै नेपाल प्रहरी थिए,कहाँ जाने किन जाने सोधे,महिला बालबालिकालाई अझै दरिलो चेकजाँच हुने रहेछ ।

हो वास्तवमा राम्रो थियो अनि नेपाल हुँदै जादा भारति प्रहरी चेक पोष्ट आईपुग्यो जहाँ महाकाली पुलपनि रहेको छ । महाकाली पुल आधा नेपालीको आदा भारतीयको भनियता पनि भारतिय प्रहरी अर्थात सुरक्षा भने नेपाल तिरै बसेको पायौ, चेकजाँच राम्रो हुदो रहेछ । करिव आधा घण्टा भन्दा बढी विदेश जानेलाई दुख हुनेरहेछ भने, बिदेश बाट आउनेलाई करिव २ देखि २ घण्टा लाग्दो रहेछ ।

अव यता बाट प्रवेश गरौँ सिमानामा विदेश बाट आउने नेपालीको दुख्ख कस्ले बुझ्ने, नेपाल र मित्रराष्ट्र भारत अत्यन्तै नजिकैको राष्ट्र रहेको सिमाना गड्डाचौकिको कुरा गर्दै छौ । जागिर नपाएर बिदेशी हुनुपर्ने बाध्यता थियो बिदेशमा जादा अर्काको नौकरी गर्नु पर्छ, जस्तो सुकै खाएर जस्तोसुकै लगाएर पनि घरमा बालवच्चाको लागि कमैकाज गर्नुपर्ने बाध्यता हुन्छ ।

बिदेशमा केही समय बसेर नेपाल फर्कन्छन नेपाली दाजुभाइहरु केही नेपाली आनन्द विहारमै लुटिन्छन ,केही सिमानामै नेपालमा रहेको भारतिय सिमाना गड्डाचौकि देखि महेन्द्रनगर पुग्न करिव पन्ध मिनेटमात्र लाग्ने भएको भएता पनि भारतिय सुरक्षाले के ल्याएको भन्दै, धम्काउन्छन,यता घोडा टाङ्गावाला मिलेका हुदारहेछन । उता भारतिय प्रहरी एक टाङ्गा बाट करिव प्रत्यक व्याक्ति २ सय देखि ३ सय सम्म माग्दो रहेछन ,सानो तिनो कमैकाज गरेर नेपाल फर्केका अर्थात जन्मभुमि नेपाल फर्कन लागेका नेपालीहरु सिमानामा लुटिन्छन ।

अब हाम्रो देश नेपालको सिमानाको कुरा गरौ,विदेशमा त तेत्रो चेकजाँच लुटपाट भएर जन्मभुमि नेपाल पुगेको सामान अर्थात नेपालीहरु अझै नेपाल प्रहरीले खोलखाल गर्छन ,पैशा दिनुपर्ने बाध्यता गर्छन, नत्र दुख दिनुवाटो सामानको हिफाजपत गर्छन । कमाउन मित्रराष्ट्र गएका नेपाली सिमानामा लुटिएर घर फर्कनुपर्ने बाध्यता रहेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्