उखु किसानको समस्या कायमै : आन्दोलन गर्नेले भुक्तानी पाए, अरुले पाएनन्



काठमाण्डौ । सर्लाहीको अन्नपूर्ण चिनी उद्योग धनकौलबाट भुक्तानि नपाउँदा उखु किसानको समस्या कायमै छ । उद्योगका सञ्चालकले सरकारसँग गरेको सहमति अनुसार भुक्तानि नपाउँदा किसान निराश भएका छन् । लामो समयसम्म किसाने चिनी उद्योगबाट भुक्तानि नपाए पछि काठमाण्डौं पुगेर आन्दोलन गरेका थिए ।

किसानको आन्दोलनपछि उद्योगीले सरकार समक्ष माघको पहिलो हप्ता सम्पूर्ण रकम भुत्तानि गर्ने सहमति जनाएका थिए । तर विगत तीन वर्षदेखिको भुक्तानि नदिएको अन्नपूर्ण चिनी उद्योगले सहमतिपछि पनि सबै किसानलाई भुक्तानि दिएको छैन् ।

आन्दोलन गर्न काठमाण्डौं पुगेका किसानको मात्रै उद्योगले भुक्तानि गरेको छ । अन्नपूर्णले सरकारसँग यो पटक गरेको सहमति मात्रै नभई यसअघि स्थानीय प्रशासनसँग गरेको सहमति पनि कार्यान्वयन गरेको छैन् । किसानलाई अघिल्ला वर्षहरुको भुक्तानि दिन नसकेर सर्लाहीका तीन चिनी उद्योगमध्ये अन्नपूर्ण चिनी उद्योग अझै सञ्चालनमा आउन सकेको छैन् । चिनी उद्योग सञ्चालन नहुँदा यहाँका किसान सख्खर बनाउने क्रसर उद्योगलाई कम मूल्यमा उखु बिक्री गर्न बाध्य भइरहेका छन् ।

सरकारसँग सहमति भए पछि पनि पुरानो भुक्तानि नपाउँदा दुःख लागेको विष्णु गाउँपालिकास्थित बाराउद्योरणका उखु किसान अजित सिंहले बताए । उनले आन्दोलन गर्न काठमाण्डौं गएका किसानले पैसा पाए पनि अरुले नपाएका जानकारी दिए । उखु किसानका अनुसार अन्नपूर्णले अझै किसानको २१ करोड रुपियाँको हाराहारीमा भुक्तानि गर्न बाँकी छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्