अमेरिकाले लगायो क्युवामा नयाँ प्रतिवन्ध



सैघाली खबर
काठमाडौं, २३ कार्तिक

अमेरिकाले आफ्ना नागरिकलाई क्यूवाका विषयमा नयाँ प्रतिबन्ध लगाएको छ ।अमेरिकी सरकारले क्युवाका सरकारी कार्यालय वा संस्थानसँग कुनै पनि किसिमका व्यापार गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो ।

यसमा सरकारबाट सञ्चालित होटल र पसल पनि समेटिएका छन् । अमेरिकी सरकारको नयाँ नियमपछि अमेरिकी नागरिकले क्यूवाका १ सय ८० सरकारी र सैन्य स्वामित्व भएका कम्पनीसँग व्यापार गर्न पाउने छैनन् । यो प्रतिबन्धपछि अब अमेरिकी नागरिक पर्यटकको रुपमा मात्र क्युवामा जान सक्ने छन् । अमेरिकी सरकारले लिएको नयाँ कमदलाई पूर्वराष्ट्रपति बाराक ओवामाले क्यूवासँगको सम्बन्ध विस्तार गर्ने नीति फिर्ता गर्ने उद्देश्यले भएको बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्