सिरहामा ५ हजार घुससहित प्रहरी जवान पक्राउ



सिरहा । सिरहाबाट ५ हजार घुससहित एक प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिरहाको सुखिपुर इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानलाई ५ हजार घुस सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय सुखिपुरमा कार्यरत प्रहरी जवान राजकुमार यादव रहेका छन् । उनलाई ५ हजार घुस सहित अख्तियारको टोली आज बिहान पक्राउ गरेको हो ।

घरायसी प्रयोजनको लागि भारतीय बजारबाट सामान ल्याउन सहयोग गर्दिने भन्दै घुस मागेका उनलाई पक्राउ गरिएको जनाएको छ । पक्राउ गरिएको यादवलाई अख्तियारको टोलीले थप अनुसन्धानका लागि बर्दिबास लगिने जनाइएको छ । यता केहीदिन अगाडि सडक डिभिजन कार्यालय लाहानबाट करिब १९ लाख घुस सहित ३ जना पक्राउ परेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्