राष्ट्रियसभा निर्वाचन आज , ६ राजनीतिक दल प्रतिष्पर्धामा

नतिजा पनि आजै


काठमाण्डौ । राष्ट्रिय सभा निर्बाचन आज हुँदैछ । १८ सदस्य पदका लागि आज (बिहीबार) मतदान हुन लागेको हो । सातै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म मतदान हुने निर्बाचन आयोगले जानकारी दिएको छ । संविधानअनुसार राष्ट्रिय सभाका कुल सदस्यमध्ये एकतिहाइ सांसदको पदावधि दुई वर्षको मात्रै हुन्छ । सोही व्यवस्थाबमोजिम रिक्त हुन लागेको १८ सिटका लागि निर्वाचन हुन लागेको हो ।

प्रदेश १ को मोरङ, प्रदेश २ को धनुषा, बागमती प्रदेशका ललितपुर, गण्डकीको कास्की, प्रदेश ५ को दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको डोटीमा मतदान हुने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । कुनै बाधा नभए गणना प्रारम्भ भएको डेढदुई घन्टामै परिणाम आइसकने आयोगले जनाएको छ । नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एकजना सदस्यको कार्यकाल २० फागुनमा सकिँदैछ । पदावधि सकिनुभन्दा ३५ दिन अघि नै नयाँ सदस्यका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ । रिक्त १९ मध्ये एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने संवैधानिक प्रावधान छ ।

यसैबीच राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन ११ वटा राजनीतिक दलले आयोगमा दल दर्ता गराएकोमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०, नेपाली काँग्रेस, समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ वटा राजनीतिक दलले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्