नोना कोइराला भवन निमार्णका लागि जापानले गर्यो एक करोड २१ लाख सहयोग



 

काठमाडौं ।जापान सरकार र नोना कोइराला स्मृति प्रतिष्ठानको भवन निमार्णका निम्ती सम्झौता भएको छ।जापान सरकार र नोना कोइराला स्मृति प्रतिष्ठानबीच विराटनगर स्थित भवन निमार्णका निम्ती सम्झौता भएको हो ।

बुधबार भएको सम्झौतापत्रमा नेपालका लागी जापनिज राजदुत साईगो मसमिची र प्रतिष्ठानका अध्यक्ष डा नारायण कुमारले हस्ताक्षर गरेका छन् ।आधारभुत स्वास्थ्य सम्बन्धी प्रशिक्षण तथा आकस्मिक आवास प्रयोजनका लागी निर्माण गरिने प्रतिष्ठानको अत्याधुनिक भवनका निम्ती जापान सरकारले एक करोड २१ लाख सहयोग गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक समेत रहेका काँग्रेस नेता डा शेखर कोइरालाले नेपालको लोकतन्त्र र विकासमा जापानले पुर्याएको सहयोगको प्रशंसा गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्