मोबाइलसहित काठमाडौंबाट दुई जना पक्राउ



 

काठमाडौं । विभिन्न कम्पनीका ६३४ थान मोबाइलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी बृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले बुधबार बिहान नागढुंगाबाट डेढ करोड बराबरको मोबाइलसहित दुई जनालाई पक्राउ गरेको हो ।

भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल२सीएटी ७०१७ नम्बरको कारबाट उक्त रकम बराबरको मोबाइल बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौं(३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर(१ का इन्द्रबहादुर कटुवाल छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्