मुआब्जाको माग गर्दै नुवाकोटका जनप्रतिनिधिद्धारा रक्षामन्त्रिलाई ध्यानाकर्षण




राष्ट्रिय गौरबको आयोजनाको रुपमा निर्माण हुँदै आएको गल्छि त्रिशुली सडक आयोजनाले मुआब्जा नदिएको बताउदै नुवाकोटका सरोकारवालाहरुले उपप्रधान एवं रक्षामन्त्रिको ध्यानाकर्षण गराएका छन् ।

नुवाकोटबाट निर्बा्चित प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, बिदुर नगरपालिकाका प्रमुख सहितको टोलिले रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाएका हुन् । गल्छि त्रिशुली आयोजनाले विदुर नगरपालिकाको वडा नम्बर ५ पिपलटार देखि वडा नम्बर १ ढुङगेसम्मका आयोजना प्रभावितहरुलाई मुआब्जा दिन नमिल्ने बताउदै आएको छ । बालाजुदेखि ढुङ्गेसम्म सहायक राजमार्ग घोषणा भएको भन्दै अहिले गल्छी त्रिशुली सडकमा परेकोले त्यस क्षेत्रमा मुआब्जा दिन नमिल्ने आयोजनाले बताउदै आएको छ ।

आयोजनाले पिपलटारदेखि ढुङ्गेसम्मको सडक विस्तारका क्रममा अधिकरण गरिएको जग्गाको मुआब्जा नदिने बताएपछि पिपलटार देखि ढुङ्गेसम्मका स्थानियहरु आक्रोशित भएका छन । आयोजनले विसं २०३४ को राजपत्रमा पासाङल्हामु मार्गको बालाजु–ककनी–त्रिशूली खण्डको सडक सीमा सडकको केन्द्रबाट दायाँबायाँ १५÷१५ मिटर तोकिएका कारण मुआब्जा दिन नमिल्ने बताएको छ ।

एउटै आयोजनामा कसलाई मुअब्जा दिने कसैलाई नदिने गर्न नपाउने बताउदै बिदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले राज्यले सबै नागरिकहरुलाई एकै ब्यबहार गर्न रक्षामन्त्री पोखरेल समक्ष आग्रह गर्नुभएको छ ।

ज्ञापनपत्र बुझ्दै रक्षामन्त्री पोखरेलले बिकास निर्माणको कार्यमा स्थानिय नागरिक देखि सरोकारवाला निकाय सबैले सहयोग गर्नुपन बताए । नुवाकोटमा मात्रै नभई राष्ट्रिय आयोजनाको रुपमा बिकास भैरहेको सबै क्षेत्रमा मुआब्जा समस्याको रुपमा आएको उहाँको भनाई रहेको छ । सडक, पुल लगायतलगायतका विकास निर्माणको छुट्टै मापदण्ड रहेकाले मुआब्जाको बिषयमा उच्चस्तरिय छलफल गर्ने उनले बताए ।

मुआब्जाको विबादको विषयलाई मन्त्री परिषद्को बैठकमा लैजाने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आश्वासन दिए । त्रिदेशिय मार्गको रुपमा रहेको गल्छि त्रिशुली सडक आयोजनाको बिस्तारमा परेका सबै जग्गाहरुले उचित मुल्याङकन सहित मुआब्जा पाउनु पर्ने नुवाकोटका सांसदहरुले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्