घुससहित नेपाल विद्युत प्राधिकरण का दुई कर्मचारी पक्राउ



काठमाडौंस्थित नेपाल विद्युत प्राधिकरण कुलेश्वर विद्युत वितरण केन्द्रका २ कर्मचारी घुससहित पक्राउ गरेका छन् ।

ज्यालादारीमा काम गर्ने कृष्ण मुरारी चौधरी र पुरुषोत्तम दाहाललाई २५ हजार घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कुमार कोइरालाले बताए ।

बिजुलीको पोल राखिदिने बिषयमा सेवाग्राहीसँग घुस लिँदा लिदै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको हो । चौधरी र बिजुलीको पोल सार्ने सम्बन्धी काम गर्ने दाहाललाई काठमाडौं १४ गुडफुड तन्दुरी अगाडीबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्