एनभीए महिला भलिबलको उपाधि एपीएफलाई



न्यु डायमण्ड स्पोर्ट्स क्लबमाथि जित निकाल्दै विभागीय क्लब एपीएफले पाँचौ एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

शुक्रबार भएको फाइनलमा न्यू डायमण्डमाथि ३–१ को सेटमा जित निकाल्दै एपीएफले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा पहिलो सेट २५–२३ ले जितेको एपिएफले दोस्रो सेट २५–२१ ले आफनो पक्षमा पारेको थियो ।

एपिएफका लागि निर्णायक तेस्रो सेटमा न्यू डायमण्डले पुनरागमन गर्दै २५–२३ ले जितेपछि खेल चौथो सेटसम्म पुगेको थियो । तेस्रो सेटमा न्यु डायमण्डकी प्रतिभा माली घाइते हुन पुगिन् । उनी घाइते भएसँगै न्यू डायमण्डले चौथो सेट एपिएफलाई २५–१८ ले सुम्पियो ।

जितसँगै उपाधि जितेको एपीएफले दुई लाख रुपैयाँ पुरस्कार पाएको छ । उपविजेता न्यु डायमण्डले १ लाख रुपैयाँ पुरस्कार पाएको छ । प्रतियोगितामा तेस्रो भएको त्रिभुवन आर्मी क्लबले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्