दाङमा श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमान पक्राउ



दाङ – श्रीमतीको मलद्वारमा अगुल्टो कोचेर घाइते बनाउने श्रीमानलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादमा लमही नगरपालिका वडा नम्बर १ निवासी ६६ वर्षीय मेगबहादुर सार्कीले श्रीमती ५० वर्षीय सोदी खत्री सार्कीको मलद्वारमा आगोको अगुल्टो कोचिदिएर घाइते बनाएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

सार्कीको अवस्था गम्भीर रहेको छ । लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्