कोरोना भाइरसका कारण पर्यटकको चहलपहल घट्यो, नेपाल आउँनै छोडे चिनीयाँ पर्यटक



कास्की । पछिल्लो समय चीनबाट फैलिएको कोरोना भाइरसको आतंकको भयाभव अवस्थामा पुगेको छ । यो बढेसँगै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रहेको पोखरामा पर्यटकको आवागमन घट्न थालेको छ ।

चिनियाँसहित विभिन्न देशका पर्यटकले धमाधम भ्रमण रद्द गर्न थालेपछि व्यवसायी निराश छन् । चिनियाँ पर्यटकले भरिभराउजस्तै देखिने पोखराको पर्यटकीय क्षेत्र लेकसाइड अहिले सुनसानजस्तै देखिन्छ ।

नेपालमा बढी पर्यटक आउने मुलुकको दोस्रो स्थानमा रहेको चीनमा कोरोना भाइरसको महामारी फैलिएसँगै पर्यटकको चहलपहल घट्न थालेको हो ।चिनियाँ पर्यटकको विशेष चहलपहल हुने प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जी जम्प, जीप फ्लायरलगायतका क्षेत्र बढी सुनसान देखिएका छन् । नेपालमा घुम्न आउने पर्यटक पछिल्लो समय नेपाल भ्रमण रद्द नै गर्ने गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्