अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइप लाइन परियोजना निर्माणको स्थलगत निरीक्षण आज पनि



सैघाली खबर
काठमाडौं,२५ कार्तिक

नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको स्थलगत निरीक्षण आजपनि गर्ने भएका छन् । परियोजनाको निरीक्षणका लागि अस्ति काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली हिजो नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

संयुक्त टोलीले निरीक्षणका क्रममा खास गरी पाइपलाइनस्थल र पाइपलाइन विस्तार कसरी अघि बढाउने भन्ने सम्बन्धमा निरीक्षण गरेको उहाँले बताउनुभयो । तीनदिने भ्रमणका लागि नेपाल आएको भारतीय टोलीले आएकै दिन नेपाल आयल निगमका उच्च अधिकारी सँग काठमाडौँमा परियोजनाका विविध पक्षका बारेमा छलफल गरिसकेको छ । अमलेखगञ्जदेखि रक्सौलसम्मको ३८ किमी लम्बाइ पाइपलाइन बिछ्याउन बोलपत्र हुनाका साथै आगामी डिसेम्बरसम्म सम्पूर्ण आवश्यक सामग्री आइसक्ने बताइएको छ ।यसको कुल लम्बाइ ७२ किमी छ । भारतले हालको रक्सौल डिपोलाई मोतीहारीमा विस्थापन गर्ने काम अघि बढाइसकेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्