एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै



सैघाली खबर
काठमाडौं,२५ कार्तिक

उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा हुने खेल वर्षका कारर्ण सुरु हुन सकेको छैन । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ ।नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्