ट्रक र ट्याक्सि एक आपसमा ठोकिदा दुई जना महिलाको मृत्यु



अमिता चौधरी

दाङ,२६ कार्तिक


आज बिहानै दाङको देउखुरीमा सवारी दुर्घटना हुदा २ जनाको ज्यान गएको छ।भालुबाङ बाट लमही आउदै गरेको ना.१ज १३४५ न.को ट्याक्सी र पश्चिम् बाट पुर्ब तर्फ जाँदै गरेको ना४ख ७५५५ न.को ट्रक नर्तिमा एक आपसमा ठोकिएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि राप्ती गाउँ पालिका कि रामपती चौधरी र अर्कि नाम ठेगाना नखुलेकी महिलाको ज्यान गएको लमही अस्पतालका डा .ईश्वरि खनालले जानकारि दिनु भएको छ।दुर्घटनामा १० जना घाइते भएको बताइएको छ । घाइते ५ जनाको लमही अस्पताल र ५ जनालाई बुटवल रिफर गरिएको र ट्रक सहित चालकलाइ नियन्त्रणमा लिएको लमही प्रहरीले बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्