नेपाल टेलिभिजनले अङ्ग्रेजी च्यानल सञ्चालनमा ल्याउने



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यसै आर्थिक वर्र्षिभत्र नेपाल टेलिभिजनको अङ्ग्रेजी विश्व च्यानल सुरु गर्ने घोषणा गरेका छन् ।

टेलिभिजनको ३५औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले राष्ट्रको छवि माथि उठ्ने नयाँ कामका रुपमा सो परियोजनालाई लिएर आगामी ६ महिनाभित्र ‘एनटिभी वर्ड’ शुभारम्भको तयारी गर्न व्यवस्थापनलाई निर्देशन दिए ।

उनले त्यसका लागि सरकारले बजेट र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। टेलिभिजनको हाल पाँचवटा च्यानल प्रसारण भइरहेका छन् । मन्त्री बाँस्कोटाले सरकारी सञ्चारमाध्यम जनता र राज्यको माध्यम तथा सम्पत्ति भएको उल्लेख गर्दै मुलुकको आधिकारिक सूचना र भिडियोलाई विदेशीले हेर्नुपर्दा नेपाल टेलिभिजनबाट हेर्नुपर्ने गरी उक्त नयाँ च्यानलबाट हेर्ने गरी सङ्कल्प लिनु अत्यावश्यक भएको बताए । ’यी संस्था जनता र राज्यका सम्पत्ति हुन् ।

यसलाई हेर्ने आँखा बदलिनुपर्छ,’ उनले भने, ’यही हाम्रा देशका केही धरोहरभित्र पर्छन् । घोषणा र तयारी गरेपछि सबै कुरा सम्भव छ । न्यायपूर्ण समाजको परिकल्पना वा समृद्ध नेपाल, सुखी नेपालीको सङ्कल्प पूरा गर्न सम्भव छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्