रुकुमबाट दाङ झरेका भेडाको उपचार सुरु, पि.पि.आर भाइरसले भेडा मरेको विज्ञको भनाई



घोराही उपमहानगरपालिका वडा नं १९ पाँचपोखरीमा रहेका बिरामी भेडाको उपचार सुरु गरिएको छ । रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं. १ रुकुमबाट चिसो छल्नसँगै चराउनका लागि पुसको २९ गते दाङको सैघा पाँचपोखरीमा ल्याइएका भेडाहरु बिरामी परेर मर्न थालेपछि घोराही उपमहानगरपालिका पशु शाखा र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र घोराहीको टोलीले उपचार सुरु गरेको हो ।

फिल्डमा खटिएका विज्ञको उक्त टोलीले अनुसन्धान तथा चेकजाच गर्ने क्रममा के रोग हो भनि पत्ता लगाएको छ । बाख्रामा लाग्ने पि.पि.आर रोग पारामिकसोडि मोखिली भाइरस प्रजातीको विषाणुको संक्रमणबाट बाख्रा प्रजातीको लागि घातक रोग मानिन्छ । उक्त रोगका कारण रुकुमबाट झरेका भेडाहरु मरेको विज्ञहरुको भनाई छ । हाल अहिले २०० भन्दा बढी भेडाहरु मरेका छन । रुकुमबाट झर्ने क्रममै बिरामी भेडाहरु आएको र वडामा भेटेनरी छ जाँच गर्नु भन्दा भेडापालक किसानहरुले लापरबाही गरेको वडा अध्यक्ष हर्क बहादुर घर्तिले बताउनुभयो ।

उहाँका अनुसार पि.पि.आर भाइरसका कारण भेडाहरु मर्ने गरेको र अहिले संक्रमित भेडाहरुलाई ईन्जेक्सन दिएको घर्तिले बताउनु भयो । उहाँले भन्नुभयो यो सरुवा रोग भएका कारण उक्त चरणभुमीमा आउने वरिपरि गाउँका बाख्राहरुलाई पनि लागेको हुन सक्ने भएकाले त्यस जंगलमा चरणको लागि जाने बाख्राहरुलाई पनि घरघरमा गएर विज्ञको टोलीले पि.पि.आर विरुद्धको खोप दिइने घर्तिले बताउनुभयो । अहिले भेडाहरुलाई पि.पि.आर विरुद्धको खोप दिए पछि मर्ने संङ्ख्या कम भएको ।

किसानलाई स्थलगत रुपमा सहयोगसँगै निःशल्क उपचार


करिब २०० भन्दा बढी भेडाहरु मरे पछि चिन्तित बनेका भेडा पालक किसानहरुलाई सहयोग स्वरुप विभिन्न खाद्यन्न तथा लत्ताकपडा, त्रिपाल, बाल्टिन सहित नगद रकम हस्तान्तरण गरिएको छ । साथै भेडा पालक किसानहरुलाई निःशुल्क उपचार पनि गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्