सैघाली खबर
काठमाडौं,२७ कार्तिक
शिक्षा ऐन नवौं संशोधन खारेजीको माग गर्दै बिद्यार्थीहरुले रिले अनसन सुरु गरेका छन् । भक्तपुरको सानोठिमीमा रहेको शिक्षक सेवा आयोगमा हिजो बेलुकाबाट बिद्यार्थी संघर्ष समितिले शिक्षा ऐन नवौं संशोधन बिधेयक खारेजीको माग गर्दै रिले अनसन सुरु गरेको हो ।
सरकारले अस्थायी शिक्षकहरुको माग पुरा गर्ने भन्दै आन्तरिक तर्फ ७५ प्रतिशत र खुलातर्फ २५ प्रतिशत शिक्षकका लागि विज्ञापान आह्वान गरेको छ । त्यसकै बिरोधमा रिले अनसन सुरु गरिएको बिद्यार्थी संघर्ष समितिका प्रेस संयोजक दिंगजधौरालीले जानकारी दिनुभयो । सरकारले शिक्षा ऐनको नवौं संशोधन ल्याएपछि संघर्ष समितिले यही कात्र्तिक १७ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आईरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।