बैदेशीक रोजगार बिमाको पुल भत्कीने खतरामा, हेर्नुहोस् अनलाइन सम्झौतापत्रको नमुनासहित



काठमाडौं । अहिले बैदेशिक रोजगार विभागनै दलालहरुको इसारामा चलेको भन्दै केही बिमा कम्पनी र बिमा बजारको रेगुलेटर निकाय बिमा समितिनै चिन्तित बनेको छ ।यति मात्रै होइन बिमा बजारमा एकै पटक १३ ओटा कम्पनी खुलेपछि बिमा बजारमा तरंगनै पैदा भएको छ । यो सँगै पछिल्लो समय बिमामा अस्वस्थ्य प्रतिस्प्रर्धा पनि बढ्दै गएको छ ।

गत आइतबारदेखी मोटर बिमाको तेस्रो पक्ष बिमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्प्रर्धा हटाउन सहमती भए पनि १ वर्ष अघिदेखी फुल मार्फत कारोवार हुँदै आएको बैदेशिक रोजगार बिमाको पुुल भत्कीने खतरा बढेको छ ।१ वर्ष अघि बनेको बैदेशिक रोजगारमा जानेहरुले गर्दै आएको विमाको पुल भत्काउन केही दलालहरु र बैदेशीक कार्यालयनै लागेको देखिएपछि बिमा कम्पनीहरु चिन्तीत बनेका छन । बैदेशिक रोजगार विभागले डिजिटल पेमेन्टको नाममा फुलनै भत्काउनेगरी लागेको एक इन्स्योरेन्स कम्पनीकमा सिईओले बताए ।

विभागले बिमा बापतको रकम अनलाइन स्टमबाट संकलन गर्न खोजेपनि घुमाउरो पाराले सबै कम्पनीलाई खुल्ला गर्ने धारणा राख्दै आएको छ । यसले पुन विभाग अगाडी सबै इन्स्योरेन्स कम्पनीका अफिस र फर्म भराउने नाममा दलालहरुले खादै आएको प्रतिव्यक्ति ५ सय देखी १ हजारसम्मको कमिसनतन्त्रको अन्त्य भएपछि दलालहरु सक्रिय देखिएका छन ।

बिमा लेखमा सरकारी टिकट र भौतिक बिमालेख अनिवार्य गरिएको छ । यसले १ वर्ष अगाडी देखिएको बिमामा हुँदै आएको अस्वथ्य प्रतिस्प्रर्धा झनै बढ्ने देखिएको छ ।निर्जिवन बिमा कम्पनीहरुले मोटर बिमाको पुल बनाउने भएका छन ।

१ वर्ष अगाडी बिमा समितकै अग्रसरतामा जिवन बिमा कम्पनीहरुले पुल मार्फत बैदेशीक रोजगार बिमा पोलिसी जारी गर्दै आएकोमा अव सबै कम्पनीलाई खुल्ला गर्नुपर्ने भन्दै केही दलालहरु सक्रिय देखिएका छन । बैदेशिक रोजगार विभागकै संग्लग्नतामा २०७५ माघ १ गतेदेखी १७ ओटा बिमा कम्पनीले पुलमार्फत बिमा प्रिमियम कलेक्सन गर्ने सहमती भएको थियो ।

१ वर्ष अगाडी बैदेशिक रोजगार अफिस अगाडी विभिन्न कम्पनीका बिमा एजेन्टहरु ग्राहाक तानातानमै व्यस्त देखिन्थ्ये । अहिले सो को अन्त्य भइ ४ ओटा बिमा कम्पनीले प्रिमियम कलेक्सन गर्ने र सोवापत सबै कम्पनीले आफ्नो अघिल्लो अवको विमा प्रिमियमको आधारमा पाउने सहमती थियो ।

ति ४ ओटा कम्पनीमा पनि हरेक वर्ष फरक फरक कम्पनीहुँदै सबैले अवसर पाउनेगरी कार्य्विधी बनाइएको थियो । यसमा पनि मेट लाइफ र एलआईसि नेपालले भाग लिएको थिएन । बैंदेशिक रोजगार कार्यालय वरपरका सटरवालाले करोडौं कमाउँदै आएका थिए भने बिमा एजेन्टहरुले पनि कमिसन मोटै पाउँदै आएका थिए । पुल बनेपछि सबै बन्द भयो भन्दै बैदेशिक रोजगार कार्यालयकै अग्रसरतामा डिजिटल पेमेन्टमा जाने भन्दै पुन दलालहरुले बैरोलाई पैसा खुवाएको आरोप छ ।

बैदेशिक रोजगार कार्यालयले पनि बैदेशिक बिमा बापतको प्रिमियमको भुक्तानि डिजिटल पेमेन्ट मार्फत गर्ने भन्दै सबै कम्पनीलाई बिमा लेख जारी गर्न दिनुपर्ने अडान राख्दै आएको छ ।

आइतबार बसेको विमक संघको बैंठकले तेस्रोपक्ष बिमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्प्रर्धाको अन्त्य गर्दै पुलमा जाने निर्णय गरेका हुन । यसको अन्तय गर्न बिमामा हुँदै आएको अस्वस्थ्य प्रतिस्प्रर्धा गर्न छोड्नु पर्ने हुन्छ तर यसको अन्त्य हुन भने त्यति सजिलो भने छैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्