प्रधानमन्त्री ओलीको अस्वस्थताका कारण नेकपाको सचिवालय बैठक स्थगित



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थताका कारण स्थगित भएको छ । आइतवार बिहान बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको हो । पार्टी एकताका बाँकी काम पूरा गर्न सचिवालय बैठक बस्ने तय भएको थियो ।

लामो समयदेखि मृगौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीले नियमित डायलासिस गराउँदै आइरहेका थिए । शनिवार साँझ पनि उनको डायलासिस भएको थियो । हिजो नियमित डायलासिस गराइएको थियो र त्यसपछि उहाँले थोरै कमजोरी महसुस गर्नुभयो,ु प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले लोकान्तरसँग भने, चिकित्सकले उहाँलाई आराम गर्न सुझाव दिनुभएको छ । त्यही भएर आजको सचिवालय बैठकमा उहाँ सहभागी नहुने भएपछि स्थगित गरिएको हो ।

सचिवालय बैठकमा उठाउने एजेण्डाबारे शनिवार पार्टीका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । चिकित्सकले आराम गर्न दिएको सुझाव अनुसार आइतवार ुसगरमाथा संवादु सम्मेलनमा प्रधानमन्त्री ओली उपस्थित भएनन् । नेपालले पहिलोपटक आयोजना गर्न लागेको सगरमाथा संवाद उद्घाटन प्रधानमन्त्री ओलीले गर्ने तय भएको थियो ।

गत मङ्सिरमा एपेन्डिसाइटिसको अपरेशन गरेपछि प्रधानमन्त्री ओली निरन्तर चिकित्सकको निगरानीमा रहेका छन् । लामो समयदेखि मृगौला रोगसँग जुधिरहेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसले थप स्वास्थ्य चुनौती थपेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्