प्रधानमन्त्री चयन प्रक्रियाको टुङ्गो आज लाग्ने ।।



timthumb

१९ जेठ ।  
व्यवस्थापिका संसद्बाट नयाँ प्रधानमन्त्री चयन प्रक्रियाको टुङ्गो आज लाग्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकको निर्णयका आधारमा सभामुख ओनसरी घर्ती मगरले प्रधानमन्त्री चयन प्रक्रियालाई अगाडि बढाउने तयारी गर्नु भएको हो । समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले संसद् बैठक अवरुद्ध गरेकाले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया हिजो अघि बढ्न सकेन ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रिया सुरु गर्न संसद्लाई पत्र पठाए पनि एमाले अवरोधले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया हिजो अघि बढ्न नसकेको हो । राष्ट्रपति कार्यालयबाट आएको पत्र सदनमा जानकारी गराउँदै नयाँ प्रधानमन्त्री निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने सभामुखको तयारी थियो । कार्यव्यवस्था परामर्श समितिमा सहमति गरेर प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका आज सार्वजनिक गरिने सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ १० गते पदबाट राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले ११ गते सबै दलको सहमतिमा सरकार गठन गर्न सात दिन समय दिनु भएको थियो । राष्ट्रपतिले सहमतीय सरकार बनाउन दिएको समय अस्ति सकिएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्